Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

समय सीमा अगावै एसआईआरको कार्य समाप्त

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

हात्ती–चितुवा जस्ता जङ्गली जनावरहरूको लगभग दैनिक आवातजावात छ। साँझ पर्ने बित्तिकै जङ्गली जनावरको डरले विशेष आवश्यकताबाहेक स्थानीय मानिसहरू घरबाहिर निस्कँदैनन्। यस्तो जोखिमपूर्ण बूथमा तोकिएको समयभन्दा पहिल्यै मतदाता सूचीको विशेष गहन संशोधनको काम पूरा गरेकी छन् बीएलओ ममीना बेगमले। दिनमा मात्र होइन जोखिम लिएर राति पनि जङ्गल पार गरेर तिनले एसआईआरको कार्य समाप्त गरेकी छिन्।
जलपाइगढ़ीको सालबारी 1 नम्बर ग्राम पञ्चायतअन्तर्गत चानाडीपार 15/44 नम्बर बूथको बीएलओको जिम्मा ममीनालाई दिइएको थियो। यस बूथमा मोठ 1419 जना मतदाताहरू छन्। जङ्गलले घेरिएको यस क्षेत्रमा घर घरै पुगेर एसआईआरका फारम वितरण तथा सङ्कलन गर्नु अत्यन्त कठिन काम थियो। जङ्गली जनावरको डरलाई बेवास्ता गर्दै तिनी साँझपछि पनि मतदाताहरूको घर घर पुगिन्। तिनलाई देखेर स्थानीय वासिन्दाहरू छक्क परे। बानरहाटको बाँकाउद्दीन शिशु शिक्षा केन्द्रमा कार्यरत छन् ममीना।
प्रत्येक दिन विद्यालयमा कार्य सकेर घरमा दुई साना छोरा-छोरीको हेरचाह गरेपछि तिनी बीएलओको काम गर्न निस्किन्थिन्। यस कामका लागि तिनलाई दैनिक लगभग सात–आठ किलोमिटर हिँड्नु पर्थ्यो। बीचमा केही दिन तिनी बिरामी पनि परेकी थिइन्। स्वास्थ्य सुधारसितै तिनी फेरि एसआईआरको काममा फर्किइन्। राज्यभरि कैयन् बीएलओ कामको दबाउमा बिरामी पर्नु परेको गुनासो छ। दुईजनाले आत्महत्या समेत गरिसकेका छन्। यता जङ्गल क्षेत्रमा ममीनाले देखाएकी साहस र समर्पण चर्चाको विषय बनेको छ। ममीनाले भनिन्, विद्यालय सकेर एसआईआरका फारम वितरण गर्न निस्कन्थेँ। फारम सङ्कलन गरेर त्यसलाई अनलाइन अपलोड गरेकी छु। साँझ परेपछि हात्ती–चितुवाको डरले मतदाताहरूको घर घर जानु निकै जोखिम थियो। तर हिम्मत गरेर काम गर्दा तोकिएको समयभन्दा पहिल्यै एसआईआरको काम पूरा गर्न सकेँ। परिवार र श्रीमानले भरोसा नदिएका भए यो सम्भव हुने थिएन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.