Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गुञ्जद्वारा पैह्रो पीड़ितहरूलाई राहत सामग्री वितरण

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

गैर सरकारी संस्था गुञ्जले हिल्स सोसियल वेलफेयर सोसाइटी कालेबुङको सहयोगमा सोमवार मिरिक नगरपालिका कार्यालय परिसरमा मिरिक नगरपालिका क्षेत्र अनि ग्राम पञ्चायत क्षेत्रका पैह्रो पीड़ितहरूलाई आवश्यक सामग्री वितरण गरेको छ। यस अवसरमा मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, मिरिक पञ्चायत समिति सदस्य समीर राई, पहिला गाउँ स्कूल डाँड़ा ग्राम पञ्चायत एकका पञ्चायत सदस्य सङ्गीत राई, ग्राम पञ्चायत दुईका पञ्चायत सदस्य दिमुक तामाङ, गुञ्ज संस्थाका संयोजक इफ्तिकार अहमद, तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, हिल्स सोसियल वेलफेयर सोसाइटी कालेबुङका अध्यक्ष शोभा छेत्री, समाजिक कार्यकर्ताहरू ज्ञानेन गुरुङ, मनोज शर्मा आदि उपस्थित थिए।
गत अक्टोबर महीनामा गएको विनाशकारी पैह्रोले मिरिक महकुमा क्षेत्रमा व्यापक क्षति गरेको थियो भने धेरै मानिसहरू घरविहीन बनेका थिए। यस्तो स्थितिमा पीड़ितहरूलाई आवश्यक सामग्री प्रदान गरिएको गैरसरकारी संस्था गुञ्जले बताएको छ। अक्टोबर महीनाको प्राकृतिक आपदाले गरेको क्षतिलाई ध्यानमा राखेर पीड़ित परिवारहरूलाई आवश्यक सामग्री प्रदान गरिदिएकोमा मिरिक नगरपालिका अध्यक्ष एलबी राई अनि सभासद मिलेस राईले गैर सरकारी संस्था गुञ्जप्रति आभार प्रकट गरे।
एलबी राईले पीड़ितहरूका लागि सरकारले पनि क्षतिपूर्ति प्रदान गरिसकेको जानकारी गराए। त्यसरी सङ्घ संस्थाहरूले पीड़ितहरूलाई आवश्यक सामग्री प्रदान गर्दा पीड़ितहरूलाई थप सहयोग पुग्ने तिनीहरूले बताए। राहत सामग्री प्राप्त गरेपछि पैह्रो पीड़ितहरूले गैर सरकारी संस्था गुञ्जप्रति आभार प्रकट गरेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.