Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

32 किलो गाँजा जफत, एक पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मादक पदार्थविरुद्ध अभियानमा ठूलो सफलता प्राप्त भएको छ। गोप्य सूचनाको आधारमा प्रधाननगर थानाको सादा पोसाक पुलिसले 32 किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम शशि कौर हो। तिनको घर सिलगढ़ीको 45 नम्बर वार्डको बाघजतीन कोलोनीमा रहेको बताइएको छ।
पुलिस सूत्रअनुसार बुधवार राति सिलगढ़ी जङ्क्शन क्षेत्रमा उक्त युवक दुईवटा बोरा लिएर बस समात्ने प्रतीक्षामा थिए। उक्त जानकारी पाएपछि प्रधाननगर थानाको सादा पोसाकको पुलिस टोली तत्कालै घटनास्थलमा आइपुग्यो। त्यसपछि शङ्कास्पद युवकलाई सोधपुछ गरियो। पहिले तिनले बोराभित्र सब्जी रहेको र ती सब्जी छेउको जिल्लामा लगिरहेको बताए। तर पुलिसलाई शङ्का लागेपछि तलासी लिइयो। तलासीका क्रममा बोराको माथिल्लो भागमा केही सब्जी भए पनि भित्री भागमा प्याकेटबन्द गाँजा लुकाइएको थियो। पाँचवटा प्याकेटबाट लगभग 32 किलो गाँजा फेला पारिएको पुलिसको भनाइ छ। त्यसपछि युवकलाई तत्कालै पक्राउ गरी थानामा लगिएको हो।
प्रारम्भिक सोधपुछमा पक्राउ परेका युवकले कोचबिहारबाट गाँजा ल्याएर सिलगढ़ीमा भण्डारण गर्ने गरिएको र यहाँबाट गाँजा वरपरका जिल्ला तथा कोलकातामा तस्करी गर्ने योजना रहेको स्वीकारेका छन्। युवकविरुद्ध एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुलिसले बिहीवार तिनलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरेको जनाइएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.