Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

अलिपुरद्वारमा नगरपालिकाद्वारा विधायकको पैसा लिन अस्वीकार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जुलाई महीनादेखि बिग्रिएको विद्युत चुल्हो मरम्मती हुन सकेको छैन। बिद्युत चुल्हो मरम्मतीका लागि विधायकले रकम उपलब्ध गराउन चाहे पनि नगरपालिकाले त्यो पैसा लिन अस्वीकार गरेको छ। अलिपुरद्वार शहरको 17 नम्बर वार्डको शिभगञ्ज श्मशानघाटमा मात्र विद्युत चुल्हो छ। यो चुल्हो केही महीनादेखि बिग्रिएको अवस्थामा छ। हावाहुरीका कारण यसको चिम्नी उड़ेको थियो जसका कारण सर्वसाधारणलाई असुविधा भइरेहेको छ।
अलिपुरद्वारका विधायक तथा तृणमूल नेता सुमन काञ्जिलाले विद्युत चुल्हो मरम्मतीका लागि विधायक कोषबाट 10 लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेर त्यसबारे जिला शासकलाई पत्र लेखे। विधायक सुमनले भने, गत जुलाईमा प्राकृतिक प्रकोपका कारण विद्युत चुल्हो बिग्रिएको थियो अनि त्यसपछि बन्दै छ। त्यो अहिलेसम्म पनि सञ्चालनमा आएको छैन। त्यसलाई शीघ्र सञ्चालनमा ल्याउन सकियोस् भनेर मरम्मती गर्न 10 लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छु। अब समय खेर फाल्ने कुनै अर्थ छैन।
विधायकको पत्रबारे थाहा पाएपछि चेयरम्यान प्रसन्नजीत कर असन्तुष्ट भए। तिनी तृणमूलका जिल्ला महासचिव पनि हुन्। प्रसन्नजीतले भने, हामीले आर्थिक अभावका कारण चुल्हो मरम्मती गर्न सकेनौँ भन्ने होइन। नगरपालिका आत्मनिर्भर छ। हामीले साढ़े तीन करोड़ रुपियाँ राखेका छौँ। 18 अक्टोबरमा 17 लाख 32 हजार रुपियाँको टेण्डर गरेर वर्क अर्डर पनि दिइसकेका छौँ। पहिलो चरणको काम सकिएको छ। दोस्रो चरणका लागि आवश्यक उपकरण दुर्गापुरबाट ल्याएर जिम्मामा रहेको कम्पनीले काम अघि बढ़ाउनेछ। काम छिटो पूरा गर्ने प्रतिबद्धता जनाउँदै चेयरम्यान प्रसन्नजीत करले थपे, हामीलाई विधायकका 10 लाख रुपियाँको आवश्यकता छैन। नगरपालिकाले आफ्नै स्रोतबाट चुल्हो मरम्मती गर्नेछ। अलिपुरद्वार शहरको विकासका अन्य क्षेत्रमा विधायकले सहयोग गरे त्यो रकमको सही उपयोग हुनेछ। यति लामो समयदेखि चुल्हो किन बनाइएन? त्यसबारे प्रसन्नजीतले भने, पहिलो र दोस्रो ई–टेण्डरमा कसैले सहभागिता जनाएन। तेस्रो टेण्डरमा सहभागिता जनाउने कम्पनीलाई जिम्मा दिइएको हो। त्यसैले चुल्होको सञ्चालनमा विलम्ब भएको हो।सहयोग प्रस्ताव अस्वीकार भएको विषयबारे प्रतिक्रिया दिँदै विधायक सुमनले भने, यदि पैसाको समस्या छैन भने नगरपालिकाले प्राविधिक पक्षलाई शीघ्र समाधान गरोस्। मैले दिएको रकम नलिए पनि जनताको हितमा शीघ्र चुल्हा सञ्चालनमा ल्याउनुपर्छ भन्ने अनुरोध जिला शासकलाई गरेको छु।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.