Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नक्कली प्रमाण-पत्र प्रकरण अझ एक पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जन्म–मृत्युको नक्कली प्रमाणपत्र कारोबारको जालो कति फैलिएको छ भन्ने विषयमा जाँच अधिकारीदेखि लिएर सिलगढ़ी कमिश्नरेटको गोप्य विभाग समेत चिन्तित परेको छ। बुधवार खोरीबारी ग्रामीण अस्पतालको घटनासित सम्बन्धित बाघडुग्राको पुटीमारीबाट गिरोहका अर्को एजेण्टलाई पक्राउ गरिएको छ। सिलगढ़ी पुलिस आयुक्तालयको डिटेक्टिभ डिपार्टमेण्टको फन्दामा परेको उक्त एजेण्टको नाम हो ललनकुमार ओझा। पक्राउ परेका ललनकुमारबाट खोरीबारी लगायत विभिन्न अस्पतालका नक्कली जन्म प्रमाणपत्रहरू फेला पारिएको छ। केही नक्कली आधार र मतदाता परिचयपत्र पनि फेला पारिएको छ।
बुधवार दिउँसो डिटेक्टिभ डिपार्टमेण्टाको एउटा टोलीले ललनको घरमा छापा मारेको थियो। आयुक्तालयका एसीपी (पश्चिम) देवाशीष बसुले भने, ललनको घरमा छापा चलाएर 11 वटा नक्कली जन्म–मृत्यु प्रमाणपत्र, केही आधार कार्ड अनि मतदाता कार्ड फेला पारिएको छ। जाँच अधिकारीहरूअनुसार खोरीबारी अस्पतालमा भएको ठगी काण्डमा ललनको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक प्रमाण फेला परेको छ। ललनले खोरीबारी लगायत विभिन्न अस्पतालबाट जन्म–मृत्युका नक्कली प्रमाणपत्रहरू बनाउने काम गर्थे भनेर डीडीका गोप्य सूत्रहरूले पत्तो लगाएका छन्। जस जसको आधार कार्ड थिएन तिनीहरूका लागि नक्कली जन्म प्रमाणपत्र तयार गरी त्यसपछि आधार कार्डका लागि आवेदन गरिन्थ्यो। केवल जन्म–मृत्यु प्रमाणपत्र बनाउने शुल्क कम्तीमा 10 हजार रुपियाँ लिइन्थ्यो। यदि जन्म प्रमाणपत्र, मतदाता कार्ड, आधार कार्ड र पासपोर्ट सबै एकैपल्ट बनाइए त्यसको प्याकेज दर 3 देखि 3.5 लाख रुपियाँसम्म पर्थ्यो।
गोप्य विभागले ललनको कब्जाबाट फेला पारेको 11 वटा प्रमाणपत्र सबै नेपाली समुदायका व्यक्तिहरूका नाममा रहेका छन्। ती सबै भारतीय हुन् वा नेपालको नागरिक, त्यो अहिलेसम्म स्पष्ट भएको छैन। बुधवार राति नै ललनविरुद्ध बाघडुग्रा पुलिस चौकीमा सम्बन्धित धाराअनुसार मुद्दा दर्ता गरिएको पुलिसले जनाएको छ। बिहीवार तिनलाई सिलगढ़ी न्यायालयमा प्रस्तुत गरी पुलिस हिरासतमा लिएर सोधपुछ गरिनेछ। यसैबीच खोरीबारी पुलिस चौकीका ओसी अभिजीत विश्वासले जाँचका क्रममा आवश्यक परे खोरीबारी पुलिसले पनि न्यायालयमार्फत हिरासतको माग गर्ने बताएका छन्।केवल खोरीबारी ग्रामीण अस्पताल मात्र होइन धेरै अस्पतालहरूमा ललनको जाल फैलिएको जानकारी पाएपछि गोप्य अधिकारीहरू सक्रिय बनेका छन्। यसअघि मालदा जिल्लाका विभिन्न ग्राम पञ्चायतमा नक्कली प्रमाणपत्रको कारोबार चलिरहेको फेला परेको थियो। कोचबिहार नगरपालिका र माल नगरपालिकाबाट पनि नक्कली जन्म प्रमाणपत्र जारी गरिएको घटना सार्वजनिक भइसकेको छ। माल नगरपालिकाबाट अफगान नागरिकहरूका लागि नक्कली प्रमाणपत्र जारी भएको घटनाले केन्द्रीय जाँच निकायसम्मको ध्यान आकर्षित गरेको थियो। अहिले नेपाली समुदायका मानिसहरूका नक्कली प्रमाणपत्रको विषय भएकाले यसपल्ट पुलिस र जाँच निकायहरूले यसलाई अत्यन्त गम्भीर रूपमा लिएका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.