Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

झलमल्ल कञ्चनजङ्घा हेर्न पर्यटकहरू भीड़

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

एकातिर झलमल्ल कञ्चनजङ्घाको मुस्कान अर्कातिर तापक्रम क्रमशः घट्दै गइरहेको छ। अक्टोबरको अन्त्यसितै दार्जीलिङ पहाड़ र वरिपरिका पर्यटन स्थलहरू पर्यटकले खचाखच भरिएका छन्। मुख्य शहर मात्र होइन छेउछाउका पकेट रूटहरूमा पनि होटल र होमस्टेहरूमा पर्यटकहरूको बाक्लो भीड़ छ। वाहन चालकहरूको अनुहारमा पनि मुस्कान देखिन्छ। केही चालकहरू त एकै दिनमा तीनपल्ट यात्री लिएर दार्जीलिङ-सिगढ़ी कुदिरहेका छन्। चालकहरूको भनाइअनुसार यस महीनाको पछिल्ला दुई दिनमै तिनीहरूले सबैभन्दा बढ़ी आम्दानी गरेका छन्। मल रोडदेखि रिङ्क मल रोड, भानु भवन वरिपरि, महाकाल मन्दिर क्षेत्र सबै ठाउँमा पर्यटकहरूको भीड़ देखिन्छ।
मङ्गलवारसम्म राज्यमा लगातार बिदा छ। आइतवार स्वाभाविक रूपमा साप्ताहिक बिदा, त्यसमा सोमवार र मङ्गलवार छठ पर्वको बिदा छ। त्यसैले शनिवार अफिस सकेर धेरैजना परिवारसहित यात्रा निस्किएका छन्। झलमल्ल कञ्चनजङ्घा र टाइगर हिलबाट सूर्य उदय हेर्न धेरै सङ्ख्यामा पर्यटकहरू दार्जीलिङ आइपुगेका छन्। दार्जीलिङ मल रोडदेखि लिएर टोय ट्रेन स्टेशन, भानु भवनको महाकाल मार्केट, चिड़ियाखाना, मन्दिर र मोनेस्ट्रीहरूमा पनि उल्लेखनीय भीड़ छ। होटलहरू पनि लगभग भरिएका छन्। स्थानीय होटलहरूसितै घुम, बतासिया लूप वरिपरि रहेका होमस्टे, केही अफबीट क्षेत्रका आवास तथा खरसाङका होटलहरूमा समेत भीड़ छ।
दक्षिण 24 परगनाबाट आमा बाबासित दार्जीलिङ घुम्न आएका सुप्रियो बन्दोपाध्यायकी 65 वर्षीया आमालाई महाकाल मन्दिर चढ्दा अलि असहज अनुभव भयो। केही बेर विश्राम र पानी पिएपछि तिनी ठीक भइन्। त्यसपछि परिवारले मन्दिरमा पूजा पनि गरे। सुप्रियोले भने, मेरा आमा–बाबा कहिल्यै पहाड़ आएका थिएनन्। चार दिनको बिदा थियो र त्यसैले आमा-बाबालाई साथमा लिएर घुम्न आएको हुँ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.