Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दार्जीलिङ मोड़मा भयावह आगलागी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

बितेको राति सिलगढ़ीको दार्जीलिङ मोड़ क्षेत्रमा भयावह आगलागीको घटनाले क्षेत्रभरि होहल्ला मच्चाइदियो। आगो यति तीव्र फैलियो कि हेर्दाहेर्दै चारवटा फर्निचर पसलहरू पूरै जलेर स्वाहा भए भने अर्को पसल आंशिक रूपले क्षतिग्रस्त भएको छ।
स्थानीय सूत्रहरूबाट प्राप्त जानकारीअनुसार, राति अचानक आगोको लपेटाहरू देखिएपछि मानिसहरू आफ्ना घरबाट बाहिर निस्किए।

घटनाको जानकारी पाएर दमकल विभागका पाँचवटा गाड़ी घटनास्थलमा आइपुगे अनि धेरै घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइयो। तर आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा पाउन सकिएको छैन। तर प्रारम्भिक जाँचमा यो शर्ट सर्किटको कारण भएको हुन सक्ने अनुमान गरिएको छ।

चाड़पर्वको यस मौसममा लागेको यस भीषण आगलागीले व्यापारीहरूलाई ठूलो क्षति पुऱ्याएको छ। स्थानीय वासिन्दाहरू पनि यस घटनाबाट निकै चिन्तित छन्। घटनास्थलमा पुगेर पुलिसले स्थिति नियन्त्रणमा ल्यायो अनि पूरै घटनाको जाँच प्रक्रिया आरम्भ गरेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.