Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

जाली जन्म–मृत्यु प्रमाणपत्र बेच्ने गिरोह उदाङ्गो

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

जाली जन्म–मृत्यु प्रमाणपत्र बिक्रीको मामिलामा पक्राउ परेका युवकलाई सोधपुछ गरेपछि समग्र गिरोहलाई पक्राउ गर्न सकिने पुलिसको आशा छ। बुधवार मतिगढ़ास्थित बङ्गला सहायता केन्द्रका डेटा एण्ट्री अपरेटर नवजीत गुहानियोगीलाई खोरीबारी थाना पुलिसले पक्राउ गरेको हो। तर मुख्य आरोपी पार्थ साहा भने भागेका छन्। तिनी सिलगढ़ी जिल्ला तृणमूल महिला कङ्ग्रेसकी एक नेत्रीका छोरा हुन्। जाली मतदाता परिचयपत्र र आधार कार्ड बनाउनका लागि यो गिरोह केही समयदेखि भारत–नेपाल सीमा क्षेत्र खोरीबारी क्षेत्रमा सक्रिय रहेको पुलिसले प्रारम्भिक जाँचबाट पत्तो लगाएको छ। ग्रामीण क्षेत्रका जन्म प्रमाणपत्रहरू ब्लक प्राथमिक स्वास्थ्य केन्द्रबाट अनलाइन रूपमा तयार हुने भएकाले ती ग्रामीण अस्पतालहरूलाई नै लक्ष्य बनाइएको हुन सक्ने पुलिसको शङ्का छ। त्यसैले अहिले पुलिसले खोरीबारी, मतिगढ़ा र फाँसीदेवा अस्पतालका डेटा एण्ट्री अपरेटरहरूको कामकाज पनि जाँच गरिरहेको छ।
पुलिसले त्यस्ता जाली जन्म प्रमाणपत्र किन्नेहरूको सूची पनि सङ्कलन गरिरहेको छ। प्रारम्भिक रूपमा गिरोहले प्रत्येक प्रमाणपत्रका लागि 10 हजार रुपियाँ असुल्ने गरेको पत्तो लागेको छ। यही प्रमाणपत्र देखाएर आधार कार्ड बनाइन्थ्यो र त्यसपछि मतदाता परिचयपत्रका लागि आवेदन दिन सजिलो हुन्थ्यो। लगभग एक महीनाअघि खोरीबारी अस्पताल प्रशासनले यस विषयमा औपचारिक उजुरी दर्ता गरेको थियो। उजुरीपछि खोरीबारी ब्लक स्वास्थ्य केन्द्रका डेटा अपरेटर पार्थ साहा लापत्ता भए। त्यस विषयमा भाजपा पनि अघि आयो। सिलगढ़ीका विधायक शङ्कर घोषले केन्द्रीय गृहमन्त्रीलाई पत्र लेखी घटनाको छानबिनको माग गरे। त्यसैको केही समयपछि बुधवार नवजीत गुहानियोजी पक्राउ परे। बिहीवार तिनलाई न्यायालयमा प्रस्तुत गर्दा न्यायाधीशले चार दिनको पुलिस हिरासत अनुमति दिए।
सरकारी वकिल सुशान्त गुहानियोजीले भने, पुलिसको अनुमान अनुसार पक्राउ परेका युवक नै घटनाका मुख्य योजनाकार हुन्। सोधपुछ भएपछि बिस्तारै सबै कुरा बाहिर आउनेछ, कसले 10 हजारमा यी प्रमाणपत्र खरीद गर्थे, त्यो पनि स्पष्ट हुनेछ। तर पक्राउ परेका नवजीतले भने न्यायालयमा मीडियासित कुराकानी गर्दै भने, मलाई फँसाइएको हो। मुख्य आरोपीलाई त पक्राउ गरिएको छैन। म त यस विभागकै मान्छे होइन। विभाग भित्रका अरू धेरैजना यसमा संलग्न छन्। पुलिसले भने भागेका पार्थ साहाको खोजी जारी रहेको जनाएको छ। तिनकी आमा तृणमूलको जिल्ला स्तरमा ठूला नेतृ भएकै कारण पुलिसले पार्थलाई जोगाइरहेको हो कि भन्ने प्रश्न पनि उठिरहेको छ। यसबारे सिलगढ़ी जिल्ला तृणमूल कोर कमिटी सदस्य पापिया घोषले भनिन्, तिनी प्रभाव जमाउने मान्छे होइनन्। धेरै साधारण जीवन बिताउँछिन्। तिनका छोराले के गरेका छन्, त्यो म भन्न सक्दिनँ। कानून आफ्नो पथमा नै अघि बढ्नेछ। यस विषयमा खोरीबारी ग्रामीण अस्पतालका स्वास्थ्य अधिकारी सफिउल आलम मलिकले भने, मुद्दा अहिले माथिल्लो तहमा पुगेको छ। अब यसबारे जिल्ला प्रमुख स्वास्थ्य अधिकारी नै बोल्नेछन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.