Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्याकहरूद्वारा पीड़ितहरूलाई आर्थिक सहयोग

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्यापकहरूले मिरिक, सौरेनी, थर्बु नन्दलाल गाउँ, नौ माइल आदि क्षेत्रका पैह्रो पीड़ितहरूसमक्ष पुगेर आर्थिक सहयोग प्रदान गरेका छन्। कलेजका प्राध्यापकहरू पैह्रोले क्षतिग्रस्त बनेका घरहरूमा पुगेर पीड़ितहरूलाई चेकद्वारा रकम हस्तान्तरण गरे। यस अवसरमा बोल्दै प्राध्यपक डा. कबीर बस्नेतले दार्जीलिङ सरकारी महाविद्यालयका शिक्षण, अशिक्षण कर्मचारी, भूतपूर्व प्राध्यपकगण, भूतपूर्व विद्यार्थीहरूद्वारा सङ्ग्रह गरिएको रकम पीड़ितहरूलाई प्रदान गरिएको जानकारी गराए। सबैको साथ र सहयोगले नै यो कार्य सम्पन्न भएको पनि तिनले बताए। विशेष घरविहीन बनेका मानिसहरूलाई आर्थिक सहयोग गरिएको तिनले बताए।
गत 4 अक्टोबर बिहानपख आएको विनाशकारी पैह्रोले मिरिक अनि सुके खण्डका धेरै ठाउँहरू प्रभावित बनेका छन् अनि धेरै मानिसहरू घरविहीन बनेका कारण दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्यपकहरूले आपदामा परेकाहरूलाई आवश्यक सहयोग गर्ने अठोट गरेपछि घरविहीन मानिसहरूहरूलाई पुनर्वासमा केही सहायता मिलोस् भनेर यो कार्य ग्राउण्ड जिरोमा पुगेर गरिएको पनि तिनले बताए। तिनले भने, आपदाको क्षणमा हामी पैह्रो पीड़ितहरूको साथमा छौँ। पीड़ितहरूका लागि वितरण गरिएको रकम सङ्कलनमा सहयोग गर्ने सम्पूर्ण मानिसहरूप्रति आभार प्रकट गर्दछु।
यता पीड़ितहरूको घरमा नै पुगेर आर्थिक सहयोग गरिदिएकामा थर्बु नन्दलाल गाँउका ग्राम पञ्चायत सदस्य दिपेन्द्र राईले दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्यापक टोलीप्रति आभार प्रकट गर्दै उक्त सहयोगले पीड़ितहरूलाई तिहारको बेला ठूलो राहत मिलेको बताए। दार्जीलिङ सरकारी महाविद्यालय टोलीप्रति तिनले आभार व्यक्त गरेका छन्। दार्जीलिङ सरकारी महाविद्यालय टोलीमा प्राध्यापक विनेश प्रधान, प्राध्यापक कबीर बस्नेत, डा. रूजस योन्ले, डा. ज्योतिर्मय कोले, प्राध्यापक निर्मल सुब्बा, डा. सोनाम लामा, डा. गम्भीर सुब्बा अनि एबीएनसिल कलेजका पासाङ छिरिङ डुक्पा सामेल थिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.