Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पैह्रोमा फँसेका व्यक्तिको सकुशल उद्धार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

आठौँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) खप्रेलले सुबलजोतको कार्यक्षेत्रअन्तर्गत मिरिक मञ्जु चियाबारीबाट बेपत्ता भएका एक व्यक्तिलाई पैह्रो क्षेत्रको लगभग 100 फिट तलको झाड़ीबाट सकुशल उद्धार गरेको छ। एसएसबीद्वारा दिइएको जानकारीअनुसार आठौँ वाहिनी एसएसबी, खप्रेलका कमाण्डेण्ट मितुल कुमारको कार्यक्षेत्रमा पर्ने मञ्जु गाउँबाट 16 अक्टोबरको दिन एकजना व्यक्ति बिहानदेखि बेपत्ता भएको सूचना एसएसबीलाई प्राप्त भयो।

स्थानीय गाउँलेहरूले खोजी गर्ने क्रममा उक्त व्यक्ति मञ्जु गाउँबाट माथि रहेको पैह्रो क्षेत्रबाट लगभग 100 फिट तल झाड़ीमा फँसेका थाहा लागेको थियो।सूचना प्राप्त भए लगत्तै कमाण्डेण्ट मितुल कुमारको निर्देशनमा टिङलिङ क्याम्पका कम्पनी प्रभारी निरीक्षक प्रलय रायको नेतृत्वमा छजना जवानको टोली घटनास्थलमा पुगेको थियो। निरीक्षक प्रलय रायले तत्काल स्थानीय पुलिस र दमकल टोलीलाई पनि बोलाएका थिए। त्यसपछि एसएसबीको टोलीले गाउँले र स्थानीय प्रशासनको सहयोगमा उक्त व्यक्तिको उद्धार गरेको हो।

उद्धार गरिएको क्षेत्र निकै दुर्गम र पुग्ने कुनै बाटो नभएको हुँदा एसएसबीका जवान र गाउँलेहरूले आफ्नो साहस र बहादुरी प्रदर्शन गर्दै उक्त व्यक्तिलाई सकुशल बाहिर निकाले। त्यसपछि स्थानीय प्रशासनको सहयोगमा उक्त व्यक्तिलाई प्राथमिक उपचारका लागि मिरिक अस्पताल लगियो। अस्पतालमा तिनको अवस्था सामान्य रहेको छ। उद्धार गरिएका व्यक्ति शेर बहादुर छेत्रीका छोरो मङ्गेश छेत्री (46) हुन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.