Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

विमल गुरुङ अनि केन्द्रीय मन्त्री किरण रिजिजूको भेट

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

प्राकृतिक आपदामा क्षतिग्रस्त बनेका क्षेत्रहरूको स्थलगत भ्रमण गर्न केन्द्र सरकारको तर्फबाट दार्जीलिङ पहाड़ आएका केन्द्रीय संसदीय कार्यमन्त्री किरण रिजिजू अनि गोजमुमो अध्यक्ष विमल गुरुङले आज दार्जीलिङमा भेट गरेका छन्।
मोर्चाको तर्फबाट विमल गुरुङले आफ्नो कुरा राख्दै दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको लामो समयको समस्यालाई केन्द्र सरकारले यस शीतकालीन सत्रमा समाधान गरियोस् भनेर निवेदन गरे।

केन्द्रीय संसदीय कार्यमन्त्री रिजिजूले पनि दार्जीलिङबाट दिल्ली प्रस्थान गरेपछि देशका प्रधानमन्त्री नरेन्द्र मोदी साथै गृहमन्त्री अमीत शाहसमक्ष यो विषय राखेर दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको समस्याको समाधान चाँड़ै गर्ने आश्वासन दिएका बताइएको छ।सांसद राजु विष्टले सोमवार केन्द्रीय मन्त्री किरेन रिजिजूसित मिलेर मिरिक महकुमा अनि सुकेपोखरी ब्लकका पैह्रो प्रभावित क्षेत्रहरूको भ्रमण गरेका थिए। भ्रमण सौरिनी धार गाउँदेखि आरम्भ भएको थियो जुन यस प्राकृतिक आपदामा सबैभन्दा अधिक प्रभावित क्षेत्रहरूमध्ये एक हो।

यहाँ पैह्रोका कारण चारजनाको मृत्यु भयो भने पाँचजना घाइते बनेका छन्। त्यससितै थुप्रै परिवारहरू घरबारविहीन भएका छन्। धेरै घरहरू पूर्ण रूपले बगेर वा क्षतिग्रस्त बनेका छन्। टोलीले सौरिनी राहत शिविरमा आश्रय लिएका 18 परिवार र थर्बु नौ माइलमा बसोवास गरिरहेका 6 पीड़ित परिवारसित पनि भेटघाट गरेको थियो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.