Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

डेलिभरी कम्पनीको कर्मचारी पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

एक डेलिभरी कम्पनीको कर्मचारीको व्यवहारले गर्दा सोमवार दिनभरि धेरै मानिसहरू असहज हुनु पर्योक। तिनको व्यवहारले महिलाहरूलाई समेत लज्जित हुनु पर्योन। यो घटना सिलगढ़ीको हो। अन्ततः सोमवार राति पुलिसले उक्त युवकलाई नियन्त्रणमा लिएर प्रधाननगर पुलिस चौकीमा पुर्यामयो।
प्राप्त जानकारीअनुसार प्रधाननगर थाना क्षेत्रको एसएनटी बस टर्मिनलनजिक एक अनलाइन डेलिभरी कम्पनीको कार्यालय र हब छ। त्यहाँ धेरैजना डेलिभरी केटाहरू कार्यरत छन्। सोमवार बिहान आरोपी युवक त्यहाँ काममा आएका थिए। तर दिउँसोदेखि तिनले मादक पदार्थ सेवन गरेर अशोभनीय व्यवहार गरिरहेको आरोप छ। स्थिति बिग्रँदै गएको देखेपछि कम्पनीका कर्मचारीहरूले तिनलाई बुझाएर घर पठाए। तर बेलुकी फेरि त्यहाँ आएर तिनले अशोभनीय व्यवहार गर्न थाले। आरोपअनुसार बाटो हिँड़िरहेका महिलाहरूलाई देखेर तिनले इशारा गर्दै अशोभनीय हावभाव गर्न थाले।

यसकारण धेरै महिलाहरू लज्जित भई अनुहार लुकाएर त्यहाँबाट टाढ़ा जाने प्रयास गरे। युवकको व्यवहारले महिलाहरूलाई निकै असहज बनायो।मामिमा बढ्दै जाँदा स्थानीय मानिसहरू उक्त डेलिभरी कम्पनीको अफिसमा पुगेर नालिश गरे। तर त्यसपछि पनि उक्त युवकको व्यवहारमा कुनै परिवर्तन आएन। यसको जानकारी पाएपछि प्रधाननगर पुलिस घटनास्थल आइपुग्यो र तिनलाई नियन्त्रणमा लिएर पुलिस चौकीमा लग्यो। पुलिस सूत्रअनुसार युवकसित सोधपुछ भइरहेको छ। युवकविरुद्ध सम्बन्धित कानूनी धारामा मुद्दा दर्ता गरेर पक्राउ गर्न सकिने राति नै एक पुलिस अधिकारीले सङ्केत दिएका थिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.