Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

आजदेखि बेलगाछी विश्व आदिवासी दिवस

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिक खण्डअन्तर्गत बेलगाछी खेल मैदानमा बिहीवारदेखि चार दिनव्यापी विश्व आदिवासी दिवस सम्पन्न हुनेछ। आज सुकना पानीघट्टा सभासद परेश तिर्कीले एउटा प्रेस भेला गरेर विश्व आदिवासी दिवस विषयबारे जानकारी गराए। तिनले भने, आदिवासी जातिको आफ्नै संस्कार-संस्कृति छ। तर वर्तमान पिँढ़ीले आफ्नो संस्कार-संस्कृति भुलिसकेको छ। हामीले यस्तो कार्यक्रमद्वारा नै आफ्नो संस्कृति औ संस्कारहरूबारे नानीहरूलाई बताउनु पर्छ।
आदिवासी जातिभित्र पनि विभिन्न जातहरू छन्। सन्थाल, उरावँ, तिर्की, बराइक आदि धेरै जातहरू छन्। हामीले आफ्नो संस्कृतिअनुसार कार्यहरू पनि गर्छौँ। बिहीवारको पहिलो कार्यक्रममा मुख्य अतिथि जीटीए कार्यपाल अनित थापा रहनेछन् भने कार्यक्रममा दार्जीलिङ डीएम अनि जीटीए सचिवको पनि उपस्थिति रहने तिनले बताए।
यस कार्यक्रममा आदिवासी जातिबाहेक गोर्खा समुदायका मानिसहरूलाई पनि उपस्थित बनेर कार्यक्रमको शोभा बढ़ाइदिने तिर्कीले अनुरोध गरेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.