Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा : मोहम्मद सलिम

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

देशको आर्थिक र सामाजिक अवस्थाबारे वाम मोर्चाका नेता मोहम्मद सलिमले चिन्ता व्यक्त गरे। सिलगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा तिनले केन्द्र र राज्य दुवै सरकारको कड़ा आलोचना गरेका छन्। तिनले भने, 2025 मा देश आर्थिक रूपले सङ्कटग्रस्त छ। देशको अर्थतन्त्र धराशायी बन्दैछ तर केन्द्र सरकारले गलत जानकारी दिएर जनतालाई भ्रमित पार्दैछ। सत्य लुकाइएको अनि तथ्यहरूलाई तोड़मोड़ गरिएको तिनले आरोप लगाए।
भाषा, धर्म अनि पेसाको आधारमा देशलाई विभाजन गर्ने राजनीति भइरहेको भन्दै तिनले भने, यस्तो विभाजनकारी राजनीतिले देशभरि एकता र सद्भावनालाई ठेस पुर्याीउँदैछ। पश्चिम बङ्गालका सीमान्तकृत र कमजोर वर्गका मानिसहरू बारम्बार अन्य राज्यहरूमा तारो बनिरहेका छन्। तिनीहरू विभिन्न प्रकारका यातनाको शिकार बनिरहेका छन्।
मुख्यमन्त्री ममता ब्यानर्जीको भाषा आन्दोलन सम्बन्धी धारणाप्रति कटाक्ष गर्दै तिनले भने, असलमा यस आन्दोलनको माध्यमबाट अरू गम्भीर मुद्दाहरूबाट जनताको ध्यान हटाउने प्रयास भइरहेको छ। जनमतलाई भ्रमित गर्न खोजिँदैछ। आज पत्रकार सम्मेलनमा सलिमले दाबी गरे, एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा हो। निर्वाचन आयोगमार्फत यसलाई अगाड़ि बढ़ाइँदैछ। प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीको शैक्षिक डिग्री र जन्म मिति सबै नक्कली रहेको तिनले गम्भीर आरोप पनि लगाए। एकसय दिने काम बन्द हुनु र त्यस योजनाको बाँकी पैसा राज्यलाई नदिइएको मुद्दा उठाउँदै तिनले भने, यस अवस्थाका लागि भाजपा र तृणमूल दुवै जिम्मावार छन्। पाड़ाय पाड़ाय समाधान योजना वास्तवमा संविधान विरोधी कदम हो, सलिमले भने।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.