Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पानी ट्याङ्कीबाट चिनियाँ नागरिक पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सोमवार भारत–नेपाल सीमाको पानी ट्याङ्की क्षेत्रबाट एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिबाट दुईवटा फरक-फरक नामको स्विट्जरल्याण्डको पासपोर्ट अनि नक्कली नेपाली परिचयपत्र फेला पारिएको छ। आज खोरीबारी पुलिसले तिनलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरेको छ। थाहा लागेअनुसार उक्त चिनियाँ नागरिकलाई सोमवार नेपालदेखि पानी ट्याङ्कीको मेची पुल हुँदै अवैध रूपमा भारत प्रवेश गर्ने क्रममा सीमा क्षेत्रमा तैनाथ एसएसबीको 41 नम्बर बटालियनका जवानहरूले पक्राउ गरेका हुन्। सोधपुछपछि सोमवार अबेर राति एसएसबीले तिनलाई खोरीबारी पुलिसलाई जिम्मा लगाएको हो।
एसएसबी सूत्रअनुसार सोमवार बेलुका नियमित चेकिङका क्रममा एसएसबी जवानहरूले उक्त चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएका थिए। जाँच गर्दा तिनीबाट दुईवटा अलग नामको स्विट्जरल्याण्डको पासपोर्ट फेला परेको छ। तीमध्ये एउटा पासपोर्टमा तिनको नाम खामृत्शङ्ग सेतेन गुरमे उल्लेख गरिएको छ भने अर्को पासपोर्टमा सेङेत्साङ कर्मा जिमी लेखिएको छ। एसएसबीले तिनीबाट एक नक्कली नेपाली परिचयपत्र पनि फेला पारेको छ।
प्राप्त जानकारीअनुसार उक्त चिनियाँ नागरिकले भारतमा अवैध रूपमा प्रवेश गरिरहेका थिए। तिनको बोलाई अनि विवरणहरूमा धेरै विसङ्गति देखिएपछि थप जाँच अनि कानूनी प्रक्रिया अगाड़ि बढ़ाउन एसएसबी अधिकारीहरूले राति नै तिनलाई खोरीबारी पुलिसलाई जिम्मा दिए। तिनीविरुद्ध विदेशी नागरिक सम्बन्धी कानूनअन्तर्गत मुद्दा दर्ता गरेर आज दिउँसो खोरीबारी पुलिसले तिनलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरेको हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.