Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

आँधीले नक्सलबारीमा क्षति

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

आइतवार राति अबेर आएको भीषण आँधीले नक्सलबारीको शान्तिनगर क्षेत्रमा ठूलो क्षति पुर्याबएको छ। आँधीका कारण दर्जनौँ घरहरू क्षतिग्रस्त भएका छन् भने 25 भन्दा अधिक रूखहरू ढलेका छन्। प्राप्त जानकारीअनुसार आँधीका क्रममा चलेको तीव्र हावाले ठूला रूखहरू ढल्दा धेरै घरहरूलाई क्षति पुगेको छ। सोही क्रममा अर्चना बर्मन ढलेको रूखको चपेटमा परेकी थिइन्। तिनलाई स्थानीयहरूले उद्धार गरी नक्सलबारी अस्पताल पुर्याेए। त्यहाँबाट थप उपचारका लागि अर्चना बर्मनलाई उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। उखेलिएका रूखहरूले विद्युतीय तारहरू पनि चुँड़ाएपछि क्षेत्रमा पूर्ण रूपले विद्युत् आपूर्ति बन्द भएको छ। स्थानीय मानिसहरूले तत्कालै नक्सलबारी ग्राम पञ्चायत र बीडीओलाई घटनाबारे जानकारी गराएका थिए। पञ्चायत सदस्य साधन चक्रवर्तीले प्रभावित परिवारहरूलाई प्रारम्भिक राहत स्वरूप त्रिपाल उपलब्ध गराइने बताएका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.