अहिले उत्तर बङ्गालमा पूर्ण रूपले मनसून आरम्भ भइसकेको छ। मनसून भइरहेको अत्यधिक वर्षाले सिलगढ़ीदेखि सिक्किमतर्फ जाने 10 नम्बर राष्ट्रिय राजमार्ग प्रभावित बनेको छ। वर्षाको कारण हिजो रातिदेखि नै यस राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा पैह्रो खस्न थालेको थियो।
वर्षाको कारण पैह्रो झर्दा मार्गमा सवारी साधनको आवागमनमाथि अवरोध पुऱ्याएको थियो। राष्ट्रिय राजमार्गको सेतीझोड़ा, सेल्फी डाँड़ा, बिरिक डाँड़ा, लिखु भीर, मल्ली, भालुखोला आदि स्थानहरूमा माथिबाट ढुङ्गा र हिलोसितै पैह्रो खसेको छ।
अहिले राष्ट्रिय राजमार्ग नेशनल हाईवे एण्ड इन्फ्रास्ट्रक्चरल डेभलपमेण्ट कर्पोरेशन लिमिटेडको अधीनमा छ। प्राप्त जानकारीअनुसार प्रशासनको तर्फबाट शीघ्र हस्तक्षेप गरेर पैह्रो सोहोर्ने काम गरिँदैछ।प्रशासनको सक्रियतामा राष्ट्रिय राजमार्गमा परिस्थिति केही सामान्य बनाइएको छ। अहिले राष्ट्रिय राजमार्गमा सवारीसाधनहरूको नियन्त्रित तरिकाले आवागमन सम्भव भइरहेको छ।



