Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

राष्ट्रिय राजमार्गमा बस र कण्टेनर ठोक्किँदा 20 घाइते

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बिहीवार सालुगढ़ादेखि केही टाढ़ा बङ्गाल सफारीनजिक पुग्दा मित्तल बस स्ट्याण्डदेखि सामसिङ गइरहेको एउटा निजी यात्री वाहक बस अनि विपरीत दिशाबाट आइरहेको कण्टेनर आपस्तमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। यस भीषण दुर्घटनामा परेर मोठ 20 जना व्यक्तिहरू घाइते बनेका छन्। घाइतेहरूमा एकजना बालक पनि सामेल छन्।

सालुगढ़ी पार गरेर केटी टाढ़ा पुग्दा विपरीत दिशाबाट अत्यधिक तीव्र गतिमा आइरहेको एउटा कण्टेनरले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करपछि दुवै वाहनहरू पल्टिए। ठक्कर यति भीषण थियो कि दुवै वाहनहरूको अघिल्लो भाग पूरै क्षतिग्रस्त बनेको छ।
बस चालक गम्भीर रूपले घाइते भएको कारण तिनलाई तुरुन्तै उत्तर बङ्गाल मेडिकल कलेजमा रेफर गरिएको छ। अन्य घाइते यात्रीहरूलाई स्थानीयको सहयोगमा सिलगढ़ी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। प्रत्यक्षदर्शीहरूअनुसार एक्कासि कण्टेनर बसको अगाड़ि आइपुग्दा ठक्कर भयो। ठक्करको कारण ठूलो आवाज आउँदा सबै यात्रीहरू त्रसित बने। पुलिसले घटनाको जाँच आरम्भ गरिरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.