Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बिरियानीमा कीरा, गुणस्तरबारे प्रश्न

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ीबाट एक स्तब्ध पार्ने घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार एउटा बिरियानी पसलमाथि कुहिएको मासुबाट बनाइएको बिरियानी बेचेको आरोप लागेको छ। शहरभरि रहेका बिरियानी पसलहरूमा सस्तो मूल्यमा चिकन र मटन बिरियानी किन्न ठूलो भीड़ लाग्ने गर्छ। तर खाना गुणस्तरको गुनासो बारम्बार उठ्ने गरेको छ। रिपोर्टअनुसार आइतवार वार्ड नम्बर 33, लेक टाउनस्थित एउटा बिरियानी पसलबाट एकजना ग्राहकले मटन बिरियानी किनेका थिए। आरोपअनुसार, घर लगेर बिरियानीमा हेर्दा मासुमा सेतो किरा भेटिएको तिनको भनाइ छ। त्यसपछि उक्त ग्राहकले राति नै पसल गएर पसल मालिक र कर्मचारीलाई उक्त कुहिएको मासु देखाए। यस घटनापछि स्थानीय वासिन्दा र अन्य ग्राहकहरूले बिरियानीको गुणस्तरबारे चिन्ता व्यक्त गरेका छन्। तर यस विषयमा पसल मालिकबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.