Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सड़क दुर्घटनामा 2 को मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

फाँसीदेवाको बिजलीमोनी क्षेत्रनजिक राष्ट्रिय राजमार्ग 31 मा भएको एक दुखद दुर्घटनामा परेर दुई श्रमिकको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्। मेकानिकल गड़बड़ीका कारण इन्धन बोकेको एउटा ट्याङ्कर खड़ा राखिएको थियो अनि त्यसको मरम्मती गर्न केही श्रमिक लागिपरेका थिए।

मरम्मतीको क्रममा तीव्र गतिमा आइरहेको लरीले नियन्त्रण गुमाएर सोझै श्रमिकहरूलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भयो अनि तीनजना घाइते भए। ठक्करको झटकाले गर्दा इन्धन ट्याङ्करमा पनि आगलागी भयो। स्थानीय मानिसहरू उद्धार कार्यका लागि तुरुन्तै घटनास्थलमा पुगे। केही समयमै विधाननगर जाँच केन्द्रबाट पुलिस र दुईवटा दमकल घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याए।

घाइतेहरूलाई उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पुर्या इएको छ भने मृत व्यक्तिहरूको शव पोष्टमर्टमका लागि पठाइएको छ। पछिल्लो रिपोर्टअनुसार मृत अनि घाइतेहरूको पहिचान पुष्टि भइसकेको छैन। दुर्घटनामा संलग्न लरीले भने घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ। पुलिसले त्यसको खोजी कार्य थालेको जानकारी प्राप्त भएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.